
काठमाडौं, जेठ २८ । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ ।
वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको हो ।
भाटभटेनी पुग्दा नपुग्दै प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गरेको हो । पक्राउ पर्नेमा नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० प्रदर्शनकारी छन् । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले उठाएका थिए । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेकामा पनि उनीहरुको आपत्ति थियो ।
स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्