
प्रतिकात्मक तस्विर ।
दाङ, जेठ २८ । दाङको तुलसीपुरमा गोली चलेको छ ।
तुलसीपुर उपमहानगरपालिका– ८ गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवकले गोली चलाएका हुन् ।
यसै वडाका चन्दगञ्ज बस्ने २५ वर्षीय पूर्ण बहादुर ओलीले गोली चलाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
उनले चलाएको गोली कसैलाई पनि नलागेको बताइएको छ ।
दिउँसो पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीसहित मोटरसाइकल चालक तुलसीपुर– ८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ ।
प्रहरीले पेस्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्