दाङमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो • Image Khabar Image Khabar


दाङमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार १४:५१

दाङमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो

दाङ, जेठ २८ । दाङको तुलसीपुरमा गोली चलेको छ ।

तुलसीपुर उपमहानगरपालिका– ८ गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवकले गोली चलाएका हुन् ।

यसै वडाका चन्दगञ्ज बस्ने २५ वर्षीय पूर्ण बहादुर ओलीले गोली चलाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उनले चलाएको गोली कसैलाई पनि नलागेको बताइएको छ ।

दिउँसो पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीसहित मोटरसाइकल चालक तुलसीपुर– ८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीले पेस्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्