५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई बेपत्ता


0
Shares

काठमाडौं, जेठ २८ । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।

मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा अवस्थित पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेरका पाँच बालिकाको डुबेर मृत्यु भएको हो ।

पोखरीबाट ५ जनाको शव निकालिएको छ भने अन्य दुई बेपत्ताको खोजी भइरहेको जनाइएको छ ।

डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ ।