२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवाले बोलाए पदाधिकारी बैठक, संकटतर्फ धकेलिँदै गरेको पार्टी महाधिवेशनबारे छलफल गरिने


0
Shares

congress meeting

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ ।

महाधिवेशनको मिति र कार्यतालिका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको उहाँका स्वकीय सचिव भानु देउवाले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

देउवाका अनुसार देउवाले शनिबार दिउँसो २ बजे पदाधकारी र पूर्वपदाधिकारीको बैठक डाक्नुभएको हो । बैठकमा महाधिवेशन र समसामयिक विषयमा छलफल गरिने छ ।

संविधानले दिएको संकटकालीन छुटसमेत प्रयोग गरिसकेको कांग्रेसले आगामी कात्तिकभित्र आफ्नो महाधिवेशन गर्न नसके वैधानिक संकटमा फस्नेछ ।

विधानले तोकेको चार वर्षेभन्दा बढी अवधि पदमा टिकिरहने नेतृत्वको लालसाले कांग्रेसका अघिल्तिर अब कुनै न कुनै रुपले महाधिवेशन सकाउनुपर्ने बाध्यता आइपरेको छ ।

कांग्रेसभित्र सँधै किचलोको बिउ बन्ने गरेको क्रियाशील सदस्यकै लफडा टुंग्याउन नसक्दा असार पहिलो सातादेखि तोकिएका वडा तहका अधिवेशन नै प्रभावित हुने देखिएको छ ।

पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले कुनै पनि विकल्प खोजेर भए पनि महाधिवेशन गर्न दबाब दिइरहे पनि सहमति बनिसकेको छैन ।