२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकीमा विपक्षी दलहरु आजै नयाँ सरकारको दावी गर्दै


0
Shares

पोखरा, जेठ२८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समय सीमा दिएपछि नेपाली कांग्रेससहितका दलहरु आजै सरकार गठनको तयारीमा जुटेका छन् ।

कांगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा अघि सार्दै विपक्षी गठबन्धनले बहुमत ३१ सदस्यको हस्ताक्षर जुटाएर आजै दाबी पेस गर्ने तयारीमा रहेको जनाएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नु भएको हो ।

कुल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमत अर्थात ३१ मत आवश्यक पर्छ । नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एमाले सांसदको मात्रै २७ मत पाउनुभएको थियो ।

तर कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले विपक्षमा मत हालेका थिए ।

जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङ्गे संसदमै आउनु भएन ।

ह्विप उलंघन भएको भन्दै राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ ।