१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकद्वार नीतिको विरोध गर्दै विज्ञापन संघ


0
Shares

काठमाडौं, जेठ ३० । नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ ।

संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताउनुभयो ।

बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने उहाँले बताउनुभयो । विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको धितालले बताउनुभयो ।

संघका पूर्वअध्यक्ष रविन्द्र रिजालले सरकार अथवा निजी क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताउनुभयो । विज्ञापनसँग सम्बन्धी नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग छलफल परामर्श नगरिएको भन्दै उहाँले आगामी दिनमा सम्बन्धित विषय विज्ञको सुझाव लिइनुपर्ने बताउनुभयो ।

आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्नुका साथै संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ ।

आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतवारदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदैछ । एक साता विभिन्न कार्यक्रम गरिने भएको छ ।

जस अनुसार पहिलो दिन कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने सप्ताहभरी विज्ञापन क्षेत्रका विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गरिने आनले जनाएको छ ।