१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिदिममा एक वृद्धको हत्या


0
Shares

पाँचथर, जेठ ३० । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजारनजिकै ७५ वर्षीय एक वृद्धको हत्या भएको छ ।

बजारनजिकै इँटा भट्टा छेउमा बस्दै आएका टेकबहादुर लिम्बूको गए राती हत्या भएको प्रहरीले जनाएको छ ।

श्रीमती प्यारालाइसिसका कारण बोल्न नसक्ने अवस्थामा भएकाले तत्काल घटना सार्वजनिक हुन सकेको थिएन ।

घटनाबारे जानकारी पाउनासाथ पुगेको प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

लिम्बूको टाउको र शरीरमा चोट लागेको छ ।