२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्रीबाट देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास, रुपन्देहीमा बन्ने प्लान्टबाट दैनिक ६० मेट्रिक टन उत्पादन हुने


0
Shares

kp Oli

रुपन्देही, जेठ ३० । प्रधानमन्त्री केपी ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएको छ ।

रुपन्देही जिल्लाको सिमरहवामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गर्नुभएको हो ।

प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने बताइएको छ । सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने क्षमताको प्लान्टमा उद्योगी शंकर अग्रवालको लगानी रहने जनाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहरमा अक्सिजनको अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको उल्लेख गर्नुभयो ।

देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोचबाटै सरकारले हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालन गर्ने उद्योगहरुलाई सरकारले भन्सार छुटलगायतको सुबिधा दिने पनि उहाँको बचन थियो ।