
काठमाडौं, जेठ ३० । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई मेडिकल उपकरण तथा साम्रगीहरु प्राप्त भएको छ ।
स्लोभेनिया, अष्ट्रिया र माल्टाले पठाएको साम्रगीहरु संयन्त्रमार्फत आइतबार नेपाल आएको हो ।
जसमा सर्जिकल मास्क, नाइट्रिल ग्लोभ्स, प्रोटेक्टिव गुगल्स, प्रोटेक्टिव मास्क, मेडिकल मास्क, बिना भल्भको एफएफपी २ मास्क, पल्स ऑक्सिमिटर, एन्टिजेन टेस्ट, नन कन्टाक इन्फ्रारेड थर्मामीटर र फेस सिल्ड रहेका छन् ।
यस अघि जर्मनले कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई मेडिकल उपकरण तथा साम्रगीहरु सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्