१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिनल्याण्डमा नेपाली चेली ब्योमा ताम्राकार जनप्रतिनिधिमा विजयी


0
Shares

काठमाडौं, जेठ ३१ । फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली चेली ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी हुनुभएको छ ।

सोमबार त्यहाँ सम्पन्न चुनावमा हेलसिन्की नगरपालिकावासीले मतदान गरेर ताम्राकारलाई विजयी बनाएका हुन् ।

उहाँ उक्त पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

६२६ मत प्राप्त गरेर विजय हुनु भएका उहाँ चार वर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

ईमेज च्यानलसँग कुरा गर्दै उहाँले आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा काम गर्ने बताउनुभयो ।

काठमाडौं बसन्तपुरकी ताम्राकार १३ दुई दशकदेखि फिनल्याण्डमा बस्दै आउनुभएको छ ।

उहाँ वरिष्ठ समाचारवाचिका कृष्णा ताम्राकारकी छोरी हुनुहुन्छ ।