
नेपालगन्ज, जेठ ३१ । बाँकेमा जारी निषेधाज्ञा पुनः एक साता थपिएको छ ।
कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा एक साता लम्ब्याइएको जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले सुचना जारी गर्दै आगामी असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थपेको हो ।
कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बाँके प्रशासनले कोरोना रोकथाम र नियन्त्रणका लागि गएको बैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो ।
त्यसपछि पटक पटक थप गर्दै निषेधाज्ञा असार ७ गतेसम्म पुर्याइएको हो ।
यस पटक प्रशासनले उपभोग्य वस्तुका पसल व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खुल्न दिने भनेको छ ।
यस अघि १२ बजेसम्म मात्र पसल खोल्न अनुमती दिएकोमा अहिले २ घण्टा खुकुलो पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्