१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु, २९१८ संक्रमित


0
Shares

काठमाडौं, जेठ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ जनालाई परीक्षण गर्दा २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् ।