२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


देउवा, दाहाल र नेपालबीच छलफल


0
Shares

काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

सभापति देउवा, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको छ ।

उहाँहरु साँझ साढे ६ बजेदेखि छलफललमा जुट्नु भएको हो ।

तीन शीर्ष नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

कर्णालीका चार प्रदेश सांसदलाई महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरेको कारवाहीलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपालसहितको पार्टी बैठक बोलाउने तयारी थाल्नु भएको छ ।

सोही बेला विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।