
काठमाडौं, असार १ । स्मार्ट लाईट जडानका लागि ललितपुर महानगरपालिका र विद्युतीय प्राधिकरणबिच सम्झौता भएको छ ।
ललितपुर महानगरपालिकाले जिल्लालाई स्मार्ट सिटि बनाउन अघि सारेको ग्रीन एन्ड ब्लु प्रोजेक्ट अन्तरगत ललितपुर क्षेत्रमा तिब्र रुपमा काम गर्दै अएको छ ।
सोही अवधारणा अनुरुप ललितपुरमा विभिन्न ठाउँमा ६ सय ६९ वटा स्मार्ट लाईट जडान भैसकेको छ भने रिङ्गरोड बालकुमारीदेखि बल्खु सडकखण्डमा स्मार्ट लाईट जडानको लागि नेपाल विद्युतप्राधिकरण सडक विभाग र ललितपुर महानगरपालिकाबिच त्रिपक्ष सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट मेयर चिरिबाबु महर्जन र नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले समझदारी पत्र मा हस्ताक्षर गर्नु भएको हो ।
कार्यक्रममा बोल्नु हुँदै मेयर चिरिबाबु महर्जनले सडक सडक असुरक्षित हुनुको विभिन्न कारण मध्य सडक बत्ती नहुनु एक प्रमुख कारण भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले स्मार्ट सिटि लाईट अहिलेको परिवेसमा अति आवश्यक पनि भएको ले प्राधिकरणले यस कार्यमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
ललितपुर महानगर्पालिका भित्र स्मार्ट सडक बत्ती जडान को लागि कुल १७ करोड २६ लाख रुपैया बजेट रहेको छ ।
त्यस मध्य विद्युत प्राधिकरणले ४० प्रतिशत र महानगरपालिका ६० प्रतिशत लगानी गर्नेछ ।
महानगरको ६० प्रतिशत मध्य लागत बजेट ३ करोड रुपैयाँ सडक बिभागले महानगरपालिकालाइ उपलब्ध गराउने पनि कार्यक्रम्मा जानकारी गराएको छ ।
सडकमा स्मार्ट लाइट जडान भएपछि रातिमा हुने दुर्घटनामा कमि आउने कुरामा आफू बिश्वस्त रहेको ललितपुर महानगर्पालिका का उपमेयर गीता सत्यालले बताउनुभयो ।
लाईट जडान कार्य आउदो आर्थिक बर्षदेखि सुरु हुने ललितपुर महानगरपालिकाले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्