१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


भारतमा कोरोना संक्रमण ओरालो लाग्दै


0
Shares

एजेन्सी । भारतमा कोरोना संक्रमण विस्तारै ओरालो लाग्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ७५ दिनयताकै कम संक्रमण देखिएको हो ।

१७ लाख ५१ हजार व्यक्तिको नमुना परीक्षण गर्दा ६० हजार ४ सय ७१ संक्रमित फेला परेका छन् ।

भारतमा हाल ९ लाख १३ हजार ३ सय ७८ जना सक्रिय संक्रमित छन् ।

कुल संक्रमितको संख्या दुई करोड ९५ लाख ७० हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख १७ हजार ५२५ जना कोरोनामुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण भारतमा थप दुई हजार ७ सय २६ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म तीन लाख ७७ हजार ३१ जना संक्रमितले ज्यान गुमाएका छ्न ।

भारतमा २५ करोड ९० लाख ४४ हजार व्यक्तिले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।