Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


घटालस्थान डुबानमा


0
Shares

डडेल्धुरा, असार १ । चार दिनदेखिको लगातार वर्षाका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालस्थान डुबानमा परेको छ ।

महाभारतका चर्चित पात्र पाण्डव भिमका हिडम्बनातर्फका पुत्र घटोत्कचका नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाका कारण जोखिममा परेको हो ।

पर्यटन पूर्वाधारका लागि निर्माण कार्य भइरहेकै बेला महाभारत पर्वत श्रृंखलाको फेदमा रहेको डोटीखोलामा अवस्थित घटालस्थानमा अविरल वर्षाले निर्माणाधिन संरचनासहित धरापमा परेको स्थानीय राजेन्द्र जैसीले बताएका छन् ।

खोलामा पानीको सतह बढेपछि १ करोड ४१ लाख रुपैयाँमा निर्माण भएको प्याराफिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसि ढलानलगायत पर्यटक विश्रामस्थलहरु डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र संकटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले बताउनुभयो ।