२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बागलुङमा संक्रमित घट्दै


0
Shares

बागलुङ, असार १ । बैशाख लागेसँगै बागलुङमा बढेको कोरोना संक्रमितको संख्या करिब दुई महिनापछि कम हुन थालेको छ ।

जिल्लामा संक्रमितको संख्या पछिल्लो केही समयदेखि एक हजार हाराहारीमा थियो ।

संक्रमण दर नियन्त्रण गर्न जिल्लामा धेरै प्रयासहरु भए पनि न्यूनिकरणमा निकै चुनौति भएको थियो ।

तर, पछिल्लो एक हप्तामा बागलुङमा संक्रमण दरमा निकै कमी आएको छ । अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय १ रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा ८५ वडामध्ये २६ वडा सक्रिय संक्रमित मुक्त वडा भइसकेका छन् ।

कोरोना संक्रमणबाट निको हुनेको दर ८७.४ प्रतिशत, संक्रमण दर २७.२३ र मृत्यु दर १.१ प्रतिशत रहेको घिमिरेले जानकारी दिनुभयो ।