२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो, पार्टीलाई फूटबाट जोगाउन ओलीसँग आग्रह


0
Shares

Jhalnath Khanal-UML

काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।

स्वास्थ्यमा देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाललार्य थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो । खनाल नेपाल वायु सेवा निगमको उडानबाट दिल्ली जानुभएको हो ।

रगतमा हेमोग्लोबिनको कमी देखिएका खनाललाई ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिए पछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । खनाल केही समयअघि मात्रै कोभिड–१९ संक्रमणबाट मुक्त हुनुभएको थियो ।

नेता खनाल भारत प्रस्थान गर्नुअघि एमाले अध्यक्ष केपी ओलीले टेलिफोन भएको र वार्तामा खनालले सबै अहंकार त्यागेर पार्टीलाई एकतावद्ध बनाउन आग्रह गर्नुभएको थियो ।

दिल्ली प्रस्थान गर्नुपूर्व नेता खनालसँग एमाले महासचिव ईश्वर पोखरेलले अस्पतालमै पुगेर भेट गर्नुभएको थियो । भेटका नेता खनालले पार्टीलाई एकताबद्ध बनाउन पोखरेललाई आग्रह गर्नुभएको थियो ।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उहाँको फोक्सोमा पानी जमेकाले निरन्तर अक्सिजनको सुहायतामा उपचार गरिएको थियो । ज्वरो खासै नघटेको उहाँको पिसाब र रगतमा पनि इन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।

हेमोग्लोबिनको मात्रा कमी देखिएपछि मंगलबार एक पिन्ट रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना भए पनि शरीरले साथ नदिएपछि एक पिन्ट मात्र रगत चढाइएको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दिल्ली उड्नुअघि पनि उहाँमा निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो । चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताउनुभएको छ ।’