२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारत जानुअघि झलनाथको अपीलः अहंकार त्यागेर पार्टी एकता जोगाउन आग्रह


0
Shares

Jhalnath Khanal

काठमाडौं, असार २ । नेकपा एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्पूर्ण अहंकार त्यागेर पार्टी एक बनाउन अपील गर्नुभएको छ ।

थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुपूर्व एक विज्ञप्ति निकाली नेता खनालले पार्टी एकता जोगाउन सबैमा अपील गर्नुभएको छ ।

बुधबार दिउँसो वक्तव्य जारी गर्दै नेता खनालले देशको बिथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै मूलतः एमालेको विभाजन रोक्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा उहाँले लेख्नुभएको छ, ‘रिस, राग, अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फूटबाट जोगाउन तथा एकतावद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु ।’

नेता खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग टेलिफोन गरी आफ्नो चाहना एकतावद्ध पार्टी भएकाले जसरी पनि पार्टी मिलाउन आग्रह गर्नुभएको थियो ।