
चितवन, असार २ । लगातार परेको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्र जोखिममा परेको छ ।
नारायणी नदीको बाढी पसेपछि भरतपुर महानगरपालिका २६ र २७ वडाका करिब २३७ घरलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यी क्षेत्र जहिले पनि बाढीको जोखिमयुक्त क्षेत्र हुन् ।
यसअघि उक्त क्षेत्रमा बाढी पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीयले नदीजन्य पदार्थ उत्खनन् रोक्न माग गर्दै टिपरमा ढुँगामुडा गर्नुका साथै टायर वालेर विरोधसमेत जनाएका थिए ।
गएराति २ बजेसम्म बाढी पसेको र जोखिम रहेको ठाउँका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको र खाली घर, मण्डली, विद्यालयमा राखिएको अधिकारीले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र र नेपाल आर्मीको टोलीले हिजो राति अवेरसम्म उद्दार गरेको हो ।
अहिले नारायणी खतराको तहभन्दा तल बगिरहेको जल मापद केन्द्र देवघाटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्