
बागलुङ, असार २ । तीनदिनदेखि निरन्नतर परेको अविरल वर्षाका कारण बागलुङको विभिन्न स्थानमा ४९ घर पहिरोको जोखिममा परेका छन् भने दर्जन बढी परिवार विस्थापित भएका छन् ।
पहिरोका कारण बस्ती जोखिममा परेका पीडित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिकाका विभिन्न स्थानमा ७ घर, गलकोट नगरपालिकामा ३ घर पहिरोको उच्च जोखिममा परको छन् ।
जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
अविरल वर्षाको कारण जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ८ घर र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
वर्षको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको स्थानीय रेशम गिरीले जानकारी दिनुभयो ।
उनले पहिरोको कारणतीन घर परिवारले आफन्तको आश्रय लिएका छन् भने अन्यपाँच घरका व्यक्ति भने बसाई सरी अन्तै गएको गिरीले बताउनुभयो ।
यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन् ।
रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तरगत जिरेदीको कालिका मन्दिरदेखि गगन पानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडम मुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको ढोरपाटनन गरपालिका वडा नम्बर ९ मापनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीय मिन बहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
त्यस्तै जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
गाउँपालिकाको धुल्लु बास्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेकावडानम्बर १ काअध्यक्ष नरसेङपुनले जानकारी दिए ।
धुल्लुबास्कोटको भिउँडाँडामा ३ घर, लुगरुङमा ४ घर, थापाथरमा ३ घरगोठ, उर्लेनिमा ३ घर र धुल्लुबास्कोट मिलन चोकमा १ घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
त्यसैगरी वडा नम्बर २ को हुग्दी शिरमा ३ घर र वडानम्बर ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष अमर बहादुर शेर पुर्जाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष चित्रा श्रीसले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्