२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाढीपहिरो पीडितको उद्धारमा खटियो सेना


0
Shares

काठमाडौं, असार २ । नेपाली सेनाले बाढी पहिरो पिडीतहरुको खोज, उद्धार तथा राहत वितरण कार्य जारी राखेको जनाएको छ ।

बाढीको कारण मनाङ्ग जिल्ला, चामे बजार ईलाका असुरक्षित भएपछि करिब ३०० जना उद्धार गरेको जनाएको छ ।

उनीहरूलाई विपद् उद्धारका सामग्रीहरु सहित जिल्ला कारागारको नयाँ भवनमा सारिएको सेनाले छ ।

मनाङ्ग जिल्ला, चामे गाउँपालिका ५ घट्टे खोलामा आएको बाढीले गर्दा नयाँ बजारमा अड्‍कीएर अलपत्र परेका स्थानीयवासिन्दाहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको हो ।

धादिङ जिल्ला, बेनीघाट रोडाङ गाउँपालिका १०, तिङराङ खानीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा लगातार बर्षाको कारण पहिरो गई अवरुद्ध भएकोले नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु समेत गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीले अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानियवासिहरुको उद्धार कार्यमा सेनाको टोलीले परिचालित भईरहेको छ ।

प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरि खोज, उद्धार तथा राहत कार्य गरिरहेको सेनाले जनाएको छ ।