२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको मूल्य ११ सयले घट्यो


0
Shares

काठमाडौं, असार ३ । बिहीबार सुनको मूल्य ११ सयले घटेर प्रतितोलाको ९२ हजार पुगेको छ ।

बुधबार सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोलाको १३ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भएको छ ।