१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएको घटनाप्रति प्रेस युनियनको आपत्ति


0
Shares

काठमाडौं, असार ३ । ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकामा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आपत्ति जनाएको छ ।

जनता टेलिभिजनमा कार्यरत पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई समाचारको विषयलाई लिएर आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीले धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

केही दिनअघि सुर्खेतमा निज शाही माथी कुटपिट भएको र सोही विषय सम्बन्धित गत जेठ ३१ गते सोमबार जनता टेलिभिजनको कार्यक्रम ‘बाइलाइन’ मा प्रसारण भएको समाचारको विषयलाई जनता टेलिभिजनमा कार्यरत पत्रकार श्रेष्ठलाई असार १ गते फोन गरी अपशब्द प्रयोग गर्नुका साथै धम्की दिएको घटनाको नेपाल प्रेस युनियन काठमाडौ शाखाले घोर भ्रत्सना गरेको छ ।

प्रसारित समाचारप्रति चित्त नबुझे कानूनी उपचार खोज्ने बाटो हुँदाहुँदै समाचार प्रसारण गरेकै कारण पत्रकारलाई यस किसिमका धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी र अपराधिक काम भएको शाखाको ठहर छ ।

घटनाको तत्काल छानबिन गरी दोषीमाथी कानूनी कारबाही गर्न र पत्रकारको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसँग नेपाल प्रेस युनियन काठमाडौ शाखा जोडदार माग गरेको छ ।

साथै, स्वघोषित सामाजिक अभियन्ताका यस्ता हर्कत तत्काल बन्द नगरे श्रमजिवी पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि नेपाल प्रेस युनियन काठमाडौ शाखा जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ ।