१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा


0
Shares

काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिकाले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाकाे नवौँ अधिवेशनको कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएकाे हाे ।

मेलम्ची नदीमा आएको बाढीले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्धारका लागि रकम सहयाेग गर्ने घोषणा गरिएकाे शाक्यले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

यस अघि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका–१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।