
काठमाडौं, असार ३ । विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले बाढी, पहिरो र डुबान पीडित जनताको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
बिहीबार विज्ञप्ति निकाल्दै नेताहरुले आफ्ना दलका नेता–कार्यकर्ता र संघसंस्थाहरुलाई राहत तथा उद्धारमा जुट्न पनि अपील गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले संयुक्त वक्तव्य निकाली बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘इमानदारी, तदारुकता र पारदर्शी रुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनलाई अघि बढाउन आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्