
काठमाडौं, असार ३ । नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरुले बाढीपहिरो र डुबानबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरेका छन् ।
नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले विज्ञप्ति निकाली उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन पनि माग गरेका छन् ।
बाढी, पहिरो पीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाउँदै नेताहरुले राहत निष्पक्ष र पारदर्शी बनाउन पनि माग गरेका छन् ।
प्राकृतिक विपत्तिमा परेकाहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनीहरूको अपील छ ।

प्रतिक्रिया दिनुहोस्