
काठमाडौं, असार ३ । जापानमा एउटा प्रसिद्ध बुद्ध मूर्ति (देवी) को मुखमै मास्क लगाइएको छ । यो मास्क कोरोना महामारी नियन्त्रणमा नआउँदासम्म नफुकालिने अधिकारीहरुले जनाएका छन् ।
दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखमा ४.१ बाई ५.३ मीटर लामो ३५ किलो तौलको मास्क लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको खबरमा उल्लेख छ ।

मध्य जापानमा रहेको ५७ मिटर (१८७ फिट) अग्लो प्रसिद्ध विशाल बुद्ध देवीको मुखमा मास्क लगाउन ड्रोनको प्रयोग गर्नुपरेको थियो ।
३३ वर्ष पहिले बनेको यस मूर्तिमा रहेकी देवीले एक बच्चालाई लिएर उभिएकी छिन् । यहाँ बच्चा सुरक्षित जन्मिउन् भन्ने र आफ्नो नवजात शिशुका लागि आशिर्वाद माग्नेहरुको भीड लाग्ने गर्दछ ।

मन्दिरका प्रबन्धक ताकाओमी होरीगनले जापानमा कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म यस देवीको मुखबाट मास्क नहटाइने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्