
तस्विर फाइल
पाल्पा, असार ३ । अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ ।
गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै सडकमा पहिरो हटाएपछि दिउँसोदेखि एकतर्फी रुपमा सुचालु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यहाँको ५० मिटर सडक क्षेत्र पहिरोले बगाएको थियो ।
बाटो एकतर्फी खुलेसँगै तीन दिनदेखि रोकिएका सयौं मालवाहक ट्रक, एम्वुलेन्सलगायतका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।
प्रहरी र सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्