१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङमा बाढीले पाइप बगाएपछि खानेपानीको समस्या


0
Shares

बागलुङ, असार ३ । अविरल वर्षाका कारण बागलुङ बजारमा खानेपानीको पाइपमा बाढी पहिरोले क्षति पु¥याएको छ ।

रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीको पाइपमा विभिन्न स्थानमा क्षति पुगेको हो ।

पहिरोले पाइप बगाउँदा बजारमा पिउने पानी आपूर्ति हुन सकेको छैन ।

तीन वटै मुहानमा बाढीले क्षति पु¥याएको र अन्य स्थानमा पहिरोले पाइप बगाएपछि नियमित पानी संचालन हुन नसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।

पहिरोकै कारण बागलुङ नगरपालिका– ३ सुल्डाँडामा रहेको पानीको ट्यांकीदेखि तलको भागसमेत बगाएको हुँदा यो पनि जोखिममा परेको बताइएको छ ।

विभिन्न स्थानमा धेरै क्षति भएकाले मर्मत कार्य गर्न केही दिन लाग्ने संस्थाले जनाएको छ ।