
काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिकाले विशिष्टीकृत सेवा सहितको सुविधासम्पन्न एक सय शैय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने तयारी गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्दे महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न सो अस्पताल निर्माण गर्ने जानकारी दिएको हो ।
नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड -१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिने र विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइने जनाएको छ ।
महानगरवासीका लागि बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्