१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठान र अर्घाखाँची जोड्ने पक्की पुल भत्कियो


0
Shares

प्यूठान, असार ३ । प्यूठानको ऐरावती र अर्घाखाँची चेउखाला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण झिमरुक नदिमा बाढी आउँदा पुल भत्किएको हो ।

पुललाई थामेका टेका पानीको बहाबले बगाउँदा पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले बताउनुभयो ।

उहाँका अनुसार पुलमा चार दिनअघि ढलान गरिएको थियो । ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा अमर कन्ट्रक्सन प्रा.लिले ठेक्का सम्झौता गरी पुल निर्माण शुरु गरेको थियो ।

चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिँदै छ ।

संघिय सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाई र ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।