२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिमान-नीमा स्मृति प्रतिष्ठानद्धारा १३ वटा अस्पताललाई सहयोग


0
Shares

रुपन्देही, असार ३ । रुपन्देहीको भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा लुम्बिनी प्रदेशका प्रादेशिक र जिल्ला गरी १३ वटा अस्पताललाई कोभिड संक्रमणविरुद्धको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गर्न लागिएको हो ।

प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अभाव झेलिरहेका अस्पताललाई कोभिड महामारी न्यूनीकरणका लागि सहयोग गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो ।