२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस महाधिवेशन कार्यतालिका फेरि संशोधन


0
Shares

काठमाडौं, असार ३ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन हुने भएको छ ।

बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालिका संशोधनको प्रस्ताव लगिएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार कांग्रेसले तल्ला तहको अधिवेशन आगामी साउन १२ गतेदेखि गर्नेगरी बैठकमा छलफल भइरहेको छ ।

यसअघि कांग्रेसको गत शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेको थियो ।

पार्टीको जारी बैठकले उक्त कार्यतालिकालाई ६ दिन पर धकेल्ने प्रस्ताव गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ ।

तर केन्द्रीय अधिवेसन भने पदाधीकारी निर्णय बमोजिम भदौं १६ देखि १९ गतेकै मितीमा गर्ने प्रस्ताव कार्यसमिति बैठकमा राखिएको छ ।

यता, केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले असार ६ गतेसम्मलाई कृयाशील सदस्यता उपर उजुरी गर्ने समय निर्धारण गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक रमेश लेखकले भोलिदेखि नै क्रियाशील सदस्यता माथि परेका उजुरी केलाएर हेर्न शुरु गरिने बताउनुभयो । उहाँले समितिका कारणले महाधिवेसन नरोकिने पनि दाबी गर्नुभयो ।

यसअघि गएको फागुनमा कार्यतालिका संसोधन गर्दै कांग्रेसले भदौंमा महाधिवेसन गर्ने निर्णय गरेको थियो ।

उक्त कार्यतालिका अनुसार असार ५ गतेबाट वडा अधिवेसन शुरु गर्नुपर्ने बाध्यतामा पार्टी थियो ।

पार्टीले सम्पूर्ण गतिविधिलाई एक महिना र केन्द्रीय महाधिवेसन ९ दिन सार्ने तयारी गरिरहेको छ ।

कृयाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ ।