४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025


शेयर बजारमा झिनो अंकले गिरावट


0
Shares

काठमाडौं, असार ३ । धितोपत्र बोर्डको विज्ञप्तिसँगै पहिरो गएको शेयर बजार बिहीबार सम्हालिएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से मात्र १ अंक बढीले ऋणात्मक रहेर २९ सय ६८ कायम भै थामिएको हो ।

कारोबार भने उल्लेख्यदरले खुम्चियो । यस दिन ७ वटा समूह रातो रहे भने ६ वटा समूह हरियो रहे ।

लघुवित्त, व्यापार, वाणिज्य बैंक, उत्पादनमूलक समूह दोहोरो अंकले घट्दा जलविद्युत, सामुहिक लगानी कोष र लगानी समूह नगन्य अंकले मात्र रातो रहे ।

विकास बैंक, होटल तथा पर्यटन, बीमा, वित्त र अन्य समूह हरियो रहे ।

विकास बैंक समूहमा सबैभन्दा उच्च ९४ अंकको बृद्धि आउँदा बीमा, होटल तथा पर्यटन, वित्त र अन्य समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको २ करोड कित्ता शेयर १० अर्ब ९० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।