१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भरतपुरमा आपतकालीन आवास गृह सञ्चालनमा


0
Shares

चितवन, असार ३ । भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक अत्याधुनिक आपतकालीन आवास गृह (ईमरजेन्सी सेल्टर ) सञ्चालनमा ल्याएको छ ।

बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालिन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो ।

बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर २८ साझापुरमा सञ्चालन गरिएको हो ।

शिलन्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ ।

एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।

जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ । भवनको एक औपचारिक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गर्नुभयो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई प्रंकाश अर्यालले हस्तान्तरण गरेसगैँ उद्धघाटन भएको हो ।

भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको मेयर दाहालले बताउनुभयो । भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको सो भवन उद्धघाटन गर्दै दाहालले आफुलाई उत्साह जागेको उहाँको भनाई थियो ।

सदैव स्थानिय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

यसले बोटे, मुसहर र जनजातिलाई अझै सहज भएको उहाँको भनाई छ । यस्तै उपमेयर पार्वती शाहले बाढी लगायतका विभिन्न जोखिम बाट स्थानियलाई बचाउन भवन निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

भवन निर्माणले गर्दा अबका दिनमा जुनसुकै प्राकृतिक विपत्ती आउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा स्थानिय श्याम अधिकारीले खुसि ब्यक्त गर्नुभयो ।

महानगरसँगै जिल्लाकै सबै प्रभावित ठाँउमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभुति गराउन उनले माग पनि गर्नुभयो ।