
काठमाडौं, कात्तिक २७ । नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपालका विभिन्न दलका नेताहरुले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति हमिदसँग बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।
दाहालले राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेर भेटवार्ता गरेका हुन् ।
त्यसअघि राष्ट्रपति हमिदलाई भेट्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सोही होटल पुगेका थिए ।
राष्ट्रपति हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भेट्ने कार्यक्रम छ ।
राष्ट्रपति हमिदसँग कांग्रेस सभापतिले भेट गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनले भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसपछि भने राष्ट्रपति हमिदले समकक्षी विद्या भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्नेछन् ।
आफ्ना समकक्षीसँगको भेटपछि राष्ट्रपति हमिद रात्रिभोजमा सरिक हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रात्रिभोज आयोजना गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्