
तस्बिर फाइल
काठमाडौं, असार ४ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि अस्पतालबाट घर जानुभएको छ ।
किष्ट अस्पतालमा नौ दिनदेखि उपचाररत जोशीलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्ति निकाली जनाएको छ ।
श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि जोशीलाई जेठ २६ गते उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।
उहाँको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्