५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


युरोकपमा स्वीडेन र स्लोभाकिया भिड्दै, राति क्रोएसिया र चेक गणतन्त्र तथा इङ्गल्याण्ड र स्कटल्याण्ड खेल्ने


0
Shares

काठमाडौं । युरोकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) पनि तीन खेल हुँदैछन् ।

साँझ पौने ७ बजे आयरल्याण्डको डब्लिनमा स्वीडेन र स्लोभाकिया खेल्दैछन् ।

पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको स्वीडेन पहिलो जितको खोजीमा रहेको छ ।

उता पहिलो खेलमा पोल्याण्डलाई २–० ले हराएको स्लोभाकिया दोस्रो जित निकाल्दै राउण्ड अफ सिक्सटिनमा स्थान पक्का गर्न चाहन्छ ।

राति पौने १० बजे समूह डी को खेलमा स्कटल्याण्डको ग्लास्गोमा क्रोएसियाले चेक गणतन्त्रसँग खेल्दैछ ।

त्यस्तै सोही समूहकै अर्को खेलमा राति पौने १ बजे लण्डनमा घरेलु टिम इङ्गल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् ।

पहिलो खेलमा क्रोएसियालाई १/० ले हराएको इङ्गल्याण्ड लगातार दोस्रो जितसहित राउन्ड अफ सिक्सटिनमा प्रवेश गर्न चाहन्छ ।

त्यस्तै चेक गणतन्त्रसँग २/० ले पराजित स्कटल्याण्ड अर्को चरण प्रवेशको सम्भावना कायमै राख्न जितका लागि भरमग्दूर प्रयास गर्नेछ ।

क्रोएसिया पनि जितका लागि आतुर रहेको छ ।