२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अनेरास्ववियूले बाढी पीडितलाई हेलम्बुमै पुगेर राहत बाड्यो


0
Shares

काठमाडौं, असार ४ । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ पुगेर राहत बाडेको हो ।

राहत सामाग्री बोकेर नेकपा एमालेनिकट विद्यार्थी नेताहरु शुक्रबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।

सिन्धुपाल्चोकका बाढी–पहिरो पिडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाड्न तत्पर भएका हुन् ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताउनुभयो ।

शुक्रबार बिहान नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

राहत वितरण टोली अनेरास्ववियूका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायतको सहभागी थियो ।

जिल्ला समन्वय समितीकी सदस्य बिमला भण्डाकारीका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी दिनुभयो ।