
काठमाडौं, असार ६ । सुन चाँदीको भाउमा आइतबार गिरावट आएको छ ।
सुन आइतबार तोलामा आठ सय रुपैयाँ घटेको हो ।
शुक्रबार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार भाउ घटेर तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ बिहीबार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो ।
त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।
शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्