
काठमाडौं, असार ६ । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ ।
प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो ।
दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो ।
तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि भोली दिउँसो तीन बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्