२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकारलाई खोप लगाउने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश


0
Shares

काठमाडौं, असार ६ । सर्वोच्च अदालतले समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएकाले पत्रकारलाई कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।