
काठमाडौं, असार ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेटियन्ट फैलिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट संकलन गरिएको ४८ नमूना मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी दिनुभयो ।
विश्व स्थास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको नयाँ दिल्लीमा गरिएको परीक्षणमा ४७ जनाको नमूनामा डेल्टा भेरियन्ट र १ जनाको नमुनामा अल्फा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. पौडेलले डेल्टा भेरियन्ट देखिएका ४७ नमूना मध्ये पनि ९ नमुनामा के फोर्टिवन सेभेन एन नामक म्यूटेट भेरियन्ट देखिएको बताउनुभयो ।
यस्तै मन्त्रालयले बाढी पहिरोले क्षति पु¥याएका जिल्लामा सहयोग गर्न जानेहरुले स्वास्थ्य सुरक्षा अप्नाउन आग्रह गरेको छ ।
संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रालयले सहयोग गर्न जानेहरुले अनिवार्य रुपमा सुरक्षा सावधानी नअपनाउने हो भने संक्रमण बढ्ने खतरा रहेको भन्दै ध्यानआकृषण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्