५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


युरोकपमा इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्दै


0
Shares

काठमाडौं । युरोकप फुटबलमा आइतबारबाट समूहका तेस्रो तथा अन्तिम चरणका खेलहरु हुँदैछन् ।

राति पौने १० बजे समुह ‘ए’ का अन्तिम चरणका दुई खेल हुनेछन् । इटालीको रोममा हुने खेलमा घरेलु टोलीले वेल्ससँग खेल्दैछ । त्यस्तै अजरबैजानको बाकुमा स्वीट्जरल्याण्डले टर्कीसँग खेल्दैछ ।

समुह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेको इटाली शिर्ष स्थानमा छ भने वेल्स ४ अंकसहित दोस्रो स्थानमा छ ।

दुई खेलबाट स्वीट्जरल्याण्डको १ अंक छ भने टर्कीले अंक जोड्न सकेको छैन । इटालीले टर्की र स्वीट्जरल्याण्डलाई पराजित गरेको थियो ।

वेल्सले टर्कीलाई पराजित गरेको थियो भने स्वीट्जरल्याण्डसँग बराबरी खेलेको थियो ।

६ समूहमा विभाजित २४ देशमध्ये समूहमा शीर्ष दुई टिम अन्तिम १६ मा पुग्नेछन् । त्यसबाहेक समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा पुग्नेछन् ।

अहिलेसम्म इटाली, बेल्जियम र नेदरल्याण्ड्समात्र सत्प्रतिशत नतिजासहित अन्तिम १६ मा पुगेका छन् । अन्तिम चरणका खेलबाटै नकआउटमा पुग्ने बाँकी १३ टिमको छिनोफानो हुनेछ ।