२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको मूल्य वृद्धि


0
Shares

काठमाडौं, असार ७ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ ।

आइतबार ९० हजार रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

यसैगरी चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।