५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


युरोकपमा आज चार खेल, युक्रेन र अष्ट्रियाबीच कडा टक्कर


0
Shares

काठमाडौ । युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदैछन् ।

समुह ‘बि’ र ‘सि’ का अन्तिम चरणका खेलहरु राति हुन लागेका हुन् । राति पौने १० बजे हुने समुह ‘सी’ का खेलहरुमा नेदरल्याण्ड्स र उत्तरी मेसेडोनिया तथा युक्रेन र अष्ट्रिया भिड्ने छन् ।

यो समूहबाट नेदरल्याण्ड्स दुवै खेल जितेर राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने युक्रेन र अष्ट्रिया समान ३–३ अंकमा रहेकाले जित्ने टिम अर्को चरणमा पुग्नेछ ।

बराबरीमा खेल सकिँदा दुवै टिम अर्को चरणमा पुग्ने सम्भावना रहने छ । दुवै खेल हारेको मेसेडोनिया भने अर्को चरणको सम्भावनाबाट बाहिरिइसकेको छ ।

यसैगरी राति पौने १ बजे ‘बी’ का खेलहरुमा फिनल्याण्ड र बेल्जियम तथा रुस र डेनमार्क खेल्नेछन् । बेल्जियम लगातार दुई जितसहित अर्को चरणमा पुगिसकेको छ ।

रुस र फिनल्याण्डको समान ३–३ अंक रहेको छ । दुवै खेल हारेको डेनमार्क भने अर्को चरण प्रवेशको सम्भावनाबाट लगभग बाहिरिएको छ ।

तर अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई हराउँदा र डेनमार्कले रुसलाई हराउँदा भने अर्को चरण प्रवेशको होड रोमाञ्चक बन्नेछ ।