
बागलुङ, असार ७ । बागलुङमा एक साता निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले जिल्लामा छैठौं पटक निषेधाज्ञा थप गरेको हो ।
यस अघि जारी गरिएको निषेधाज्ञाभन्दा केहि खुकुलो बनाएर असार १५ गतेसम्म थप गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको हो ।
यस अवधीमा होटल, यातायात, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिम हललगायतका केहि सेवामुलक व्यवसाय बाहेक सबै पसलहरु असार ८ गतेदेखि बिहान ७ देखि १२ बजेसम्म खुल्ने भएका छन् ।
रेष्टुरेण्टहरुले काउन्टर खुल्ला नगरिकन होम डेलिभरीको व्यवस्था गर्न सकिने निर्णय गरेको छ ।
निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा सञ्चालनमा आउन दिने समेत निर्णय भएको छ । चारपांग्रे र दुई पांग्रे सवारी साधन गते अनुसार जोर विजोर प्रणालिमा सञ्चालन गर्न दिने निर्णय भएको हो ।
बैंक तथा वित्तिय संस्थालाई बिहान ९ देखि १२ बजेसम्म सबै दिन खोल्न दिने निर्णय भएको छ । सहकारी संस्थाहरुले घर घरमा पुगेर दैनिक बचत संकलन नगर्न ेगरी खुल्ला गर्ने निर्णय भएको हो । यस अघि जेठ ३१ गते एक साता निषेधाज्ञा थप गरिएको थियो ।
कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा गरिएको थियो । पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर घट्दै गएपछि निषेधाज्ञा समेत केहि खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्