
काठमाडौं, असार ७ । केहि दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार पनि ७१ अंकको गिरावट आएको छ ।
उचार चढावकाबीच २९ सय १९ सम्म पुगको बजार अन्त्यमा २८ सय ३४ विन्दुमा पुगेर थामियो ।
धितोपत्र बोर्ड ५१ कम्पनीको सुची सार्वजनिक गरेपछि ओरालो लाग्न थालेको बजारमा ५ दिनको समयमा २ सय अंक भन्दा बढीले घटी सकेको छ ।
कारोबार रकम साढे ११ अर्बको हाराहारीमा रहदा बजारमा सबै उपसुचक घटेका छन् ।
सोमबार जिबन बिमा सबैभन्दा बढी ४ सय ५१ अंकले घटेको छ, यस्तै निर्जिबन बिमा कम्पनी ४ सय २९ ले कमी आउँदा विकास बैक समुहमा २ सय १० अंकले कमी आएको छ ।
यस्तै उत्पादन समुहमा १ सय ७१, होटल तथा पर्यटन १ सय ६६, जलविद्युत १ सय ५०, वित्त समुह १ सय २०, लघुवित्त समुहमा १ यस ५ अंकको गिरावट आएको छ ।
अन्य समुह ५४ अंकले घट्दा बैक ३४ र व्यापार समुहमा २९ अंकले कमी आएको छ ।
४ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको सोमवारको बजारमा नारायणी विकास बैकका लगानीकर्ताले कमाएका छन् भने १ सय ७८ कम्पनीको मुल्य घटेको बजारमा पोखरा फाइनान्स लिमिटेड, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।
लगातार उकालो लागेको बजारमा यो करेक्सन भएको विश्लेषकले तर्क गरेका छन् ।
सोमबार २ सय २७ कम्पनीको २ करोड २५ लाख बढी कित्ता शेयर ११ अर्ब ६१ करोढ बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्